Comments Add Comment

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

१३ असार, काठमाडौं । विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् ।

परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् ।

उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २/२ तथा कम्बोडिया र लेबनावको जेलमा १-१ जना नेवाली रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।

यूएईमा रहेका अमरबहादुर बमको मृत्युदण्ड हटाउन सरकारले पहल गरेको तर, ठोस उपलब्धि भइनसकेको उनले जानकारी दिए । राष्ट्रपति विद्या भण्डारीको भ्रमणका क्रममा यसबारे गम्भीर कुरा उठाएको र आफू परराष्ट्रमन्त्री भएपछि पनि नेपाली राजदूतलाई बोलाएर यसबारे जानकारी लिएको उनले बताए ।

यसैगरी २० जना नेपाली विदेशस्थित कोमामा छन् । सबैभन्दा धेरै कतारमा ११ जना छन् । यस्तै साउदी अरेबियामा ५, बहराइन र यूएईमा २-२ जना छन् ।

सम्वन्धित देशमा रहेका नेपाली दूताबासहरुले उनीहरुको उपचारबारे चासो राख्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment