+
+

इंग्ल्याण्ड कप्तान केनले बेल्जियमसँग गोल्डेन बुटका लागि खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १३:३६

१३ असार, काठमाडौं । विश्वकपका दुई खेलमा पाँच गोल गरेका इंग्ल्याण्डका कप्तान हृयारी केनलाई बेल्जियमसँग हुने समूह चरणको अन्तिम खेलमा पनि खेलाइने भएको छ ।

प्रशिक्षक ग्यारथ साउथगेटले केन गोल्डेन बलको दौडमा रहेकाले उनलाई बेल्जियम विरुद्धको खेलमा पनि मैदान उतार्ने बताएका छन् ।

‘प्रशिक्षकका रुपमा पहिलो जिम्मेवारी त पूरा टिम र सबै खेलाडीलाई हेर्नु हुनेछ । त्यसपछि एक खेलाडी र उसको व्यक्तिगत अवस्था पनि ख्याल गर्नुपर्छ’ उनले भने, ‘केन टिम कप्तान हुन् के गर्दा राम्रो हुन्छ भन्ने कुरा उनले पनि राम्ररी बुझेका छन् । टिम कतिसम्म अघि जानसक्छ भन्ने उनलाई राम्ररी थाहा छ । गोल गरेर टिमलाई जिताउन एक स्ट्राइकर सधैं सोचिरहेको हुन्छ ।’

विश्वकपमा केनले पाँच गोल गरिसकेका छन् भने पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुले चार/चार गोल गरेका छन् ।

रोनाल्डोले समूह चरणका तीनवटै खेल खेलिसकेका छन् भने लुकाकु घाइते रहेकाले इंग्ल्याण्डविरुद्ध नखेल्ने भएका छन् । यस्तोमा गोल्डेन बुटको दौडमा अझै अगाडि हुन केनलाई बेल्जियमविरुद्धको खेल महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?