Comments Add Comment

बाल सहभागिता प्रबर्द्धनको लागि राष्ट्रिय सम्मेलन

काठमाडाैं । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह -कन्सोर्टियम-नेपाल)को आयोजना राष्ट्रिय बाल सहभागिता सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको सवालको महत्वलाई बुझेर नै बालअधिकार सुनिश्चिताका लागि बालबालिका सम्बन्धी नयाँ ऐन बन्ने क्रममा रहेको जानकारी दिइन् ।

त्यस्तै यस सम्मेलनबाट आएका ठोस सुझावलाई सरकारले स्वीकार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

बालबालिकाको तर्फबाट बोल्दै सुपि्रया कार्कीले निर्वाचित जनप्रतिनिधिहरुलाई बाल सहभागिताको विषयमा संवेदनशील बनाइनु पर्ने, स्थानीय तथा प्रादेशिक तहमा बाल संरक्षण तथा सहभागिता नीति बनाई त्यस्को कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले बाल सहभागिताको कुरा घरबाटै सुरु गर्नु पर्नेमा जोड दिएकी थिइन् ।

बालबालिकाहरुले समूह कार्यबाट आएका निश्कर्षलाई बालबालिकाद्धय आस्मा अर्याल र प्रेम वि.क.ले बाल सहभागिता प्रबर्द्धनका लागि जातीय, वर्गीय, शारीरिक, भौगोलिक, लैैङ्गिक तथा अन्य भेदभाव, नीति तथा कार्यक्रमको कार्यान्वयनमा जटिलता र फरक उमेर समूहका बालबालिकाको सहभागिता ठूलो चुनौति रहेको बताए ।

यसैगरी वयस्कको तर्फबाट रुद्र मर्साङ्गीले बाल सहभागिताका स्थानीय आधारभूत संरचनाहरु निष्कृय र नयाँ संरचना
नबनी सकेकोले बाल सहभागिता प्रबर्द्धनमा चुनौति रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment