१५ असार, गोरखा । असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् ।
शुक्रबार उनी सिरानचोक गाउँपालिका-५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोत्ने, हिल्याउने र बाउसे गर्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।
उनी शुक्रबार नै गोरखाको सिरानचोकमा नेपाल समाजवादी किसान महासंघको राष्ट्रिय भेलामा समेत सहभागी हुने किसान महासंघका प्रदेश ४ का इन्चार्ज विपिन ढकालले बताए ।
रोपाईं पश्चात बोल्दै भट्टराइले कृषि प्रधान देश भएकाले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । बिचौलियाको अन्त्य गर्दै किसानहरुको हक अधिकार सुनिश्चित हुनुपर्ने उनले भनाइ राखे । भट्टराइ आज गृह जिल्लामै बस्ने कार्यक्रम रहेको छ ।
तस्वीर : वीपिन ढकालको फेसबुकबाट
प्रतिक्रिया 4