+
+

मेलबर्नमा सुरु भयो नेपाल-अस्ट्रेलिया बिजनेस फोरम

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १६ गते ११:३८

मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा नेपाल-अस्ट्रेलिया विजनेस फोरम-२०१८ सुरु भएको छ । नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा पहिलोपटक यहाँका नेपाली र अस्ट्रेलियाको समुदायमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको फोरमको उदघाटन पानसमा बत्ती बालेर गरिएको थियो ।

कार्यक्रममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अस्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा वक्ताहरुले दिनभर मन्थन गर्ने छन् ।

कार्यक्रममा नेपालबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, पररास्ट्र सम्बन्ध हर्ने डिफ्याटकी निर्देश फियोना म्यकग्रा, नेपाली मूलका अस्ट्रेलियाली सफल व्यवसायी एवं परोपकारी ब्यक्तित्व शेष घले, एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, महावाणिज्यदूतहरु, अस्ट्रेलियाका १०० बढी अस्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपालमा राजनीतिक स्थिरता आएको भन्दै वैदेशिक लगानी अभिवृद्धि गर्न यो कार्यक्रम सफल हुने धारणा राखिन् । ‘हामीले नेपाल विजनेस काउन्सिल निर्माण गर्ने तयारीको रुपमा यसलाई लिएका छौं,’ उनले भनिन्, ‘नेपाल सरकारले भनेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई नै सहयोग गर्न चाहेको र अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुले नेपालमा संयुक्त लगानी गर्न चाहेको अवस्थामा पनि संयोजन गर्न तयार छौं ।’

यस्तै भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले धन्यवाद मन्तव्य दिँदै नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध स्थापनाको ५८ वर्ष बितिसक्दा पनि अस्ट्रेलियामा गार्मेन्टसहित केही थोरै मात्र सामग्रीहरु निर्यात गरेको तर यहाँबाट नेपालमा पेयपदार्थ, हवाई उड्डेयनका सामग्रीहरु लैजाने गरेको भन्दै अब भने दुई देशबीच आर्थिक कुटनीतिको पनि छलफल हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?