Comments Add Comment

६ किलो सुनसहित थानकोटबाट एक जना पक्राउ

१७ असार, काठमाडौं । प्रहरीले ६ किलो अवैध सुनसहित आइतबार काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ । चीनको केरुङ नाकाबाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो ।

प्रहरीले थानकोटबाटै शनिबार ३ किलोसुनसहित ५ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment