Comments Add Comment

परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए

१७ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एईई) परीक्षाको परीक्षाफल प्रकाशनमा त्रुटी गर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् ।

छानविन समितिले प्रतिवेदन बुझाए लगतै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालयमा तान्ने निर्णय गरेका हुन् । पूर्वपरीक्षा नियन्त्रक समेत रहेका कृष्णप्रसाद काप्रीलाई कामुको जिम्मेवारी दिइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले हालै सार्वजनिक एईई परीक्षाको परीक्षाफल त्रुटीपूर्ण पाइएपछि एक दिनपछि सच्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment