Comments Add Comment

बबई र नारायणीको बाढीले खतराको सूचक नाघ्यो, सतर्क रहन अपील

नारायणी र बबर्इमा पानीको सतह ।

१८ असार, काठमाडौं । पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणी नदको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ ।

नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ । यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । अहिले खतराको जानकारी दिन साइरन बजाइएको छ ।

कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ । विभागले सोमबार सूचना जारी गरेर मध्य रातदेखि बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइरहेकाले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरू उच्च सतर्कता साथ रहन अनुरोध छ ।’

पश्चिम नेपालका नदीहरूमा पानीको बहाबको रेकर्ड ।

कर्णालीको बहावले चिसापानी र गुराँसे क्षेत्र जोखिममा परेका छन् । यसैगरी बबई नदीको बहावले गुलरिया, चेपाङ, रानी जरुवा, पदमपुर क्षेत्र जोखिममा छन् ।

राप्ती नदीको कारण नेपालगञ्ज र लमही तथा नारायणी नदीले रजैया क्षेत्र जोखिममा परेको मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment