+
+
Shares

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता

नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा १९ जेठमा एक बालक बेपत्ता भएका छन् भने अर्का एक जनाको उद्धार गरिएको छ ।
  • नदी किनारमा भेटिएको पोशाकका आधारमा ती बालकहरू चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविका विद्यार्थी भएको अनुमान छ ।
  • इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख लक्ष्मण गिरीका अनुसार बेपत्ता बालकको खोजी कार्य जारी छ ।

१९ जेठ, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

‘नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ’, उनले भने, ‘बेपत्ता भएका बालकको खोजी जारी छ ।’

बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उनले बताए ।

नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?