Comments Add Comment

रुपन्देहीको सिद्धार्थनगरलाई बुद्धमय बनाइने, सबै घरमा पहेलो रङ

१८ असार, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रुपमा रहेको सिद्धार्थनगर नगरपालिकालेे नगरलाई दुई वर्षभित्र बुद्धमय बनाउने भएको छ ।

नगरपालिकाको तेस्रो नगरसभाले पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै सिद्धार्थनगरलाई बुद्धमय बनाउँदै पर्यटकीय नगरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

नगरलाई बुद्धमय बनाउन नगरसभाले नेपाल-भारत सीमा नाका बेलहियामा बुद्धत्व र लुम्बिनी झल्किने आकर्षक प्रवेशद्वार निर्माण गर्ने,बेलहियादेखि बुद्धचोकसम्म सडकको दायाँबायाँ दर्जनौं बुद्ध मूर्त्ति राख्ने र सिद्धार्थनगरभित्रका सबै घरहरुमा बुद्ध रङ (पहेंलो रंग) लगाउने प्रस्ताव पारित गरेको छ ।

‘सिद्धार्थ नगरलाई बुद्धमय बनाउंदै पर्यटकीय शहरका रुपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेका छौं,’ नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने, ‘लुम्बिनी प्रवेश गर्ने जो कोहीलाई सिद्धार्थनगरबाटै बुद्ध जन्मस्थल पुग्नु अगावै बुद्धभूमिमा आइपुगेको छाप छोड्न नगरलाई बुद्धमय बनाउने योजनालाई उच्च प्राथमिकतामा राखेका हौं ।’

नगरसभाले आगामी आर्थिक वर्षका लागि लागि २ अर्ब ४९ लाख ८१ हजार रुपैयाँ बराबरको वजेट पारित गरेको छ । जसमध्ये भौतिक पूर्वाधारमा मात्रै एक अर्ब ५७ करोड ४७ लाख ९५ हजार खर्च गर्ने नगरपालिकाको लक्ष्य छ ।

नगरलाई हरियाली र सफा बनाउन सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा एक अर्ब ३९ करोड खर्च गरिने छ ।

नगरलाई बाह्रै महिना सफा र स्वच्छ राखी पर्यटकलाई आकषिर्त गर्न नगरपालिकाले सरसफाइतर्फ २ करोड ३० लाख वजेट छुट्टाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment