Comments Add Comment

गिरिजाले देशलाई एकतावद्ध गरे, देउवाले पार्टी मिलाउन सकेनन्ः नेता सिटौला

फाइल तस्वीर

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन नचाहेको आरोप लगाएका छन् ।

नेता सिटौलाले सभापति देउवाले पार्टीभित्र न्याय नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । उनले सभापति देउवाले पार्टीका नेताकार्यकर्तालाई समान व्यबहार नगरेको गुनासो समेत गरेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सभापति देउवालाई पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

नेता सिटौलाले कोइरालाले सिंगो मुलुकलाई एकतावद्ध बनाएको भन्दै देउवालाई पनि पार्टीलाई एकतावद्ध बनाउन सुझाव दिए ।

उनले जनताको समृद्धिको चाहनालाई पूरा गर्न कांग्रेसभित्र एकता हुनुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

कार्यक्रममा नेता सिटौलाले मुलुकमा गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment