+
+

थाइल्यान्डकाे गुफामा हराएका १२ बालक भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते ८:००


१९ असार, काठमाडौं । थाइल्यान्डको एक गुफामा ९ दिन अघिदेखि हराइरहेका १३ जना सकुशल भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । उनीहरु गुफा घुम्न गएका बेला फसेका थिए ।

चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुलाई उद्धारकर्ताले भेटेका हुन् । गुफाभित्र पानीकाे भेल पसेकाले उनीहरुलाई बाहिर निकाल्न भने अझै केही समय लाग्ने बताइएको छ । बीबीसीले उनीहरुलाई बाहिर निकाल्ने उपाय खोजी भइरहेको जनाएको छ ।

गुफामा फस्नेमा ११–१६ वर्ष उमेर समूहका १२ बालका र २५ वर्षीय तिनका फुटबल प्रशिक्षक रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?