+
+

कालिगण्डकीमा भेटिएको युवतीको शव पहिचाहन नभएपछि दाहसंस्कार

अनिल खत्री अनिल खत्री
२०७५ असार १९ गते १२:१२

१९ असार गुल्मी । कालिगण्डकी नदी किनारमा भेटिएको युवतीको बेवारिसे शवको दाहसंस्कार गरिएको छ ।

कालिगण्डकी गाउँपालिका-४ पूर्तिघाटस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शवको सनाखत हुन नसकेपछि दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

यही असार १४ गते बिहीबार स्थानीयले माछा मार्ने क्रममा खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचाहनको लागि हुलियासहित बिभिन्न ठाउँमा खबर गरेपनि कतैबाट पहिचाहन हुँन नसकेपछि दाहसंस्कार गरिएको प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

शवको केही भाग कालो, डढेको जस्तो र नग्न अबस्थामा रहेको थियो । टाउको पनि नभएको प्रहरीले जानकारी दिएको छ ।

अरु जिल्लाबाट खोलाले शव बगाएर ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । शव पहिचाहनको लागि पोष्टमार्टमपछि तम्घास अस्पताल गुल्मीमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?