Comments Add Comment

कैलालीमा जन्मिएको चार हात, चार खुट्टा भएको शिशुको ५ घण्टापछि मृत्यु

१९ असार, कैलाली । कैलालीको टीकापुर अस्पतालमा मंगलबार विहान जन्म भएको अनौठो शिशुको पाँच घण्टापछि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले जन्मदा नै बच्चाको अवस्था एकदमै नाजुक रहेकाले जन्मेको ५ घण्टापछि मृत्यु भएको जानकारी दिए ।

छ महिनामै जन्मेको उक्त शिशुको जन्मिदानै चार हात, चार खुट्टा र दुईओटा मेरुदण्ड थिए ।

टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी-२२ वर्षीया शान्ति चौधरीले उक्त बच्चालाई मंगलबार विहान ६ बजे जन्म दिएकी थिइन् ।

यो पनि पढ्नुस् 

कैलालीमा चार हात, चार खुट्टा र दुई मेरुदण्ड भएको बच्चा जन्मियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment