Comments Add Comment

डोटीमा करेण्ट लागेर चारको मृत्यु, एकजना गम्भीर घाइते

असार १९, डोटी । विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन् । करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिँडेको बताए । उनले पाँच जनालाई करेण्ट लागेको खबर आएको वताउँदै भने ‘त्यसमध्ये तीन जनाको मृत्यु भइसकेको खवर छ तर पुष्टी भइसकेको छैन ।’

उनले प्रहरी घटनास्थल पुग्न करीव डेढ घण्टा लाग्ने जानकारी दिए । घटनाको कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment