+
+

विश्वकपमा नेइमार: आकर्षणसँगै दिक्दार

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते २०:२२

काठमाडौं । विश्वकपमा ब्राजिलियन स्टार खेलाडी नेइमारको खेलको प्रशंसा त सबैले गरेकै छन् । तर, सानो ट्याकलमा पनि के के नै भएजसरी लडिबुडी गरेको भन्दै आलोचना पनि भइरहेका छन् ।

अन्तिम १६ मा सोमबार राति मेक्सिकोलाई २-० ले हराउँदा उनले एक गोल गरे भने अर्को गोलका लागि पास दिए । तर, ब्राजिलियन पत्रिकाले नै नेइमारको खेलसँगै उनको व्यवहारले फुटबल समर्थकलाई दिक्क पारेको भनेरै लेख्यो ।

ब्राजिलको पत्रिका ग्लोबोले ‘नेइमार हृयाज चार्मड ब्राजिल, बट एनोइड होल वल्र्ड’ भन्ने शीर्षक राखेर समाचार नै छापेको छ ।

मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिलले अन्तिम ८ मा स्थान पक्का गरेको हो । ब्राजिलको जितमा नेइमारको भूमिका विशेष रहृयो ।

पहिलो हाफ गोलरहित रहेको खेलमा नेइमारको गोलबाट नै ब्राजिलले दोस्रो हाफमा खेल आफ्नो पक्षमा ल्याएको थियो । ५१ औँ मिनेटमा नेइमारले गोल गर्दै बनाएको अग्रता अन्तिम समयमा उनकै पासमा रोबर्टो फर्मिनोले गोल गरेपछि दोब्बर भएको थियो ।

नेइमारले उत्कृष्ट खेल देखाएको प्रशंसा भए पनि उनको बानीका बारेमा भने फुटबल पण्डितले नै आलोचना गरीरहेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो घर फर्किएपछि यो विश्वकपमा बाँकी रहेका एक सुपर स्टार खेलाडी हुन् नेइमार । यस्तोमा खेलबाट राम्रो प्रभाव पारेका उनले आˆनै देशमा समेत फुटबल प्रेमीलाई दिक्क बनाइरहेका छन् । उनले अनावश्यक ठाउँमा पनि बढी प्रतिक्रिया देखाइरहेका छन् ।

सोमबार रातिको खेलमा सकिन २० मिनेट मात्रै बाँकी थियो । त्यो बेलासम्म नेइमारले गोल गरिसकेका थिए । मेक्सिकोका फुल-ब्याक मिगएल लायुनले थ्रो गर्न बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा टेकेका थिए ।

रिप्लेमा हेर्दा पनि त्यसले उनलाई गहिरो असर पर्ने देखिएको थिएन । तर नेइमार भने खेलमा र्फकनै नसक्ने जस्तो गरी छट्पटाए । उनले मैदानमा लडिबुडी गरे र बेस्सरी कराए । त्यसको केही समयमै स्प्रे गरैकै भरमा उनी खेलमा फर्किए । नेइमारको यस्तो बानीले धेरैलाई अचम्ममा पार्‍यो ।

२६ वर्षका नेइमार खेलको म्यान अफ दि म्याच पनि भए ।

खेलपछि नेइमारलाई अन्तर्वाताका क्रममा पत्रकारले त्यो घटनाका बारेमा सोधेका थिए । तर, ब्राजिलका प्रशिक्षक टिटेले ओभर टेक गरेर भने, ‘उनीहरुले नेइमारलाई कुल्चेको मैले देखेको थिएँ ।’

त्यसपछि नेइमारले भने, ‘हेर्नुस्, त्यो मलाई कमजोर बनाउने प्रयास थियो । मलाई आलोचनाको मतलब छैन, न प्रशंसाको नै छ । किनकी, यसले तपाइँको सोचलाई प्रभावित पार्न सक्छ । यसैले गएका दुई खेलमा म मिडियासँग बोलिनँ । मलाई खेल्नुछ र टिमलाई सहयोग गर्नुछ ।’

तर, मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भने नेइमारको व्यवहार राम्रो नभएको बताएका छन् । उनले भने, ‘यो फुटबलका लागि लज्जाको कुरा हो, एक खेलाडीको यस्तो व्यवहारले नराम्रो सन्देश दिन्छ ।’

एस्टोन भिल्लाका पूर्व स्ट्राइकर डियोन डब्लिनले पनि बीबीसीसँगको कुराकानीमा नेइमारको व्यवहारबाट उनीप्रति लाज महसुस भएको प्रतिक्रिया दिएका छन् ।
नेइमारले यो विश्वकपमा अहिलेसम्म २३ पटक पोस्टको दिशामा बल प्रहार गरेका छन् । त्यसमा १२ वटा सही निशानामा देखिएका छन् ।

साथै नेइमारले १६ पटक गोल गर्ने राम्रो अवसर सिर्जना गरेका छन् । यस्तै उनले ४० पटक बल डि्रबल्स गरिसकेका छन् । नेइमारमाथि २३ पटक फउल भएका छन् ।
जारी विश्वकपमा दुई गोल गरीसकेका नेइमारले विश्वकपमा गोल संख्या ६ पुर्‍याएका छन् ।

– बीबीसीमा प्याट्रिक जेनिङ्सले लेखेको समाचारमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?