Comments Add Comment

रेखाले तान्दा समेत सुष्माले पूजासँग हात मिलाउन मानिनन् (फोटो र भिडियोसहित)


आखिर, नायिका पूजा शर्मा र नायिका सुष्मा कार्कीविच त्यस्तो के कारण होला जसले गर्दा यी दुइलाई एक अर्कासँग बोल्न अप्ठ्यारो लाग्छ ।
सुष्मा र पूजाको सम्बन्ध चिसिएको लामै समय भैसकेकोछ । हुनत, नेपाली चलचित्रका कलाकारहरुको सम्बन्ध कहिले कोसँग चिसिने त कहिले कोसँग सुधि्रने गर्दछ, पत्तै हुँदैन । आफ्नो स्वार्थ अनुसार कलाकारहरु सम्बन्ध गाँस्ने गर्छन् । अहिले, नायिका सुष्मा कार्की र पूजा शर्माको सम्बन्ध ३६ को आँकडामा छ ।

भिडियोका लागि यहाँ हेर्नुहोस्ः

बिहिबार बेलुकी काठमाण्डौमा रमाइलो छ डट कमले आयोजना गरेको कार्यक्रममा नायिका पूजा शर्मा र सुष्मा कार्की दुबै पुगेका थिए । नायिकाहरु झरना थापा, रेखा थापा, नीता ढुंगाना, पूजा शर्मा, स्वेता खड्का एउटै रो मा बसेका थिए ।

सोही, समयमा नायिकाहरुसँग आत्मियता साट्न आइपुगेकी सुष्माले नीता, रेखा र स्वेतासँग मात्र अंकमाल गरिन् र हात मिलाइन् । नायिका रेखा थापाले सुष्माको हात तान्दै पूजासँग हात मिलाउन आग्रह गरिन् । तर, सुष्माले मुख बङ्ग्याउँदै पूजासँग हात मिलाउन चाहिनन् । सुष्माको यो व्यवहारले रिसाएकी पूजा रेखासँग पनि थोरै चिडिएकी थिइन् ।

स्वेता खड्कासँग अंकमाल गरेर आफू बस्ने सिटमा र्फकन लागेकी सुष्माको हात रेखाले फेरि तानिन् । सुष्माको व्यवहारबाट रेखा थापा पनि अचम्मित भइन् । नायिका स्वेता खड्का मौन देखिइन् ।

सुष्मा र पूजाको सम्बन्ध कतीसम्म पानी बाराबारको अवस्थामा छ भन्ने यो घटनाले पनि पुष्टी गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment