+
+

आन्तरिक उत्पादन वृद्धि र निर्यातमा जोड दिन प्रधानमन्त्रीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १९:२८

२२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आन्तरिक उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि उद्योगीहरुलाई आवश्यक सुविधा र सहुलियत दिन तयार रहेको बताएका छन् । उनले उद्योगीहरुलाई कस्ता-कस्ता सहुलियत चाहिएको हो त्यसको सूची लिएर आउन आग्रह गरे ।

नेपाल उद्योग परिसंघको वाषिर्क साधाराणसभालाई सम्बोधन गर्दै ओलीले देशलाई लाभ मिल्ने गरी उद्योगीले गर्ने माग पुरा गर्न सरकार तयार रहेको उल्लेख गरे ।

विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्ने प्रशस्त सम्भावना रहेकाले त्यतातर्फ ध्यान दिन आग्रह पनि गरे । उनले लामो समयपछि देशले स्थायी सरकार आएकाले आर्थिक समृद्धि र सुशानका लागि सरकारले थालेको प्रयासमा सघाउन उनले निजी क्षेत्रलाई आग्रह गरे ।

नेपालमा राम्रो काम गर्दा पनि आलोचना हुने गरेको भन्दै उनले मिडियाले गाली नगरेको मान्छे सौभाग्शाली हुने टिप्पणी पनि गरे ।

‘योना हिजोको जस्तो धागो कारखाना र बाँसबारी जुत्ता कारखाना मेटाउने किसिमका नल्याउनुहोला । अर्थतन्त्रलाई सघाउने गरी उद्योगीले गर्ने प्रस्तावलाई सरकार हेर्छ,’ ओलीले भने ।

उद्योगी व्यवसायीहरु नाफाका लागि मात्रै पछि लाग्न नहुने उनको भनाइ थियो । नेपालको श्रम बजार विश्वकै सस्तो भएको दावी गर्दै ओलीले त्यसलाई सदुपयोग गर्ने गर्ने गरी व्यवसायीले योजना बनाउनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?