Comments Add Comment

डडेल्धुरामा बस दुर्घटना हुँदा १२ जना घाइते

सांकेतिक तस्वीर

२४ असार, डडेल्धुरा  । डडेल्धुराको परशुराम नगरपालिकामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।

डडेल्धुरा सदरमुकामबाट बिहान ९ बजे जोगबुढका हिँडेको ना४ख ४०७७  नम्बरको बस परशुराम नगरपालिका वडा न. १२ तुलाभाडीमा दुर्घटना भएको हो ।

बसमा सवार १२ जना घाइते भएको र घाइतेहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेले जानकारी दिएका छन । उनले भने, ‘१२ जना मध्ये एक महिला बेहोस भएकी थिइन अहिले होसमा आइसकेकी छिन, अहिले सबै घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment