Comments Add Comment

प्राज्ञिक क्षेत्र हवल्दारी पाराले चल्दैन : उपकुलपति कोइराला


२४ असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले हवल्दारी पाराले विश्वविद्यालय नचल्ने भन्दै विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

क्यानडा भ्रमणमा जान लाग्दा विमानस्थलबाटै फर्काइएका कोइरालाले आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता भएको बताए ।

‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीले पनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं, हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो उनले भने मलाई यो किसिमको अपहरण किन गरियो ? मैले के अपराध गरेको थिएँ ? विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिइरहेका छैनन् ।’

प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्पणी गर्दै कोइरालाले आफूलाई विमानस्थलबाट फर्काउनु प्राज्ञिक क्षेत्रकै अपमान भएको बताए ।

‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन्’ उनले भने ।

यो घटनाले क्यानडामा आयोजना भएको सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । उनले भने, ‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिइन, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १० वटै विश्वविद्यालयका उपकुलपतिलाई बोलाएर पद छोड्नुपर्यो भनेको भन्द्र कोइरालाले आफूहरुले नियम र प्रक्रिया अनुसार नै छोड्ने जवाफ दिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment