+
+

प्रदीप पौडेलको प्रश्न : दुई तिहाई भएको व्यक्ति राजा हो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १७:३१


२४ असार, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् ।

बुटवलमा रिपोर्टस क्लबले गरेको साक्षात्कार नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठीक नभएको भन्दै सच्चिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत भए पनि उनी राजा नभएको भन्दै पौडेलले कानुन भन्दा माथि कोही पनि नभएको जिकिर गरे । ँदूई तिहाई भएको व्यक्ति के राजा हो ? उसलाई कानुन लाग्दैन, के उ कानुन भन्दा माथि हो ?’

जनता सडकमा निस्कदा प्रधानमन्त्रीलाई रेल ल्याउन कसैले नरोक्ने भन्दै नेता पौडेलले सरकारले गलत काम गर्दा सडकमा विरोध गर्न किन नपाउने भनी प्रश्न गरे । ‘जनता सडकमा आउँदा प्रधानमन्त्रीलाई रेल ल्याउन, ग्यासका चुला घरघरमा पुर्याउन,पानी जहाज ल्याउन कस्ले रोक्छ र ?’ उनले भने ।

पौडेलले ओलीलाई जनताले कांग्रेसलाई गाली गर्न मात्र प्रधानमन्त्री नबनाएको जिकिर गरे ।

संघीयताको खास विरोधी प्रधानमन्त्री ओली नै रहेको आरोप लगाउँदै नेता पौडेलले बाहिरी रुपमा मात्रै ओलीले संघीयताको सर्मथन गरेको दावी गरे ।

७ वटै मुख्यमन्त्री पनि अवैध हुनुपर्‍यो नि !

नेता पौडेलले शेरबहादुर देउवाले गराएको चुनावबाट प्रधानमन्त्री चुनिएको व्यक्तिले उनले गरेका नियुक्ति बदर गर्नु विधिसम्मत नहुने बताए ।

‘सातवटै प्रदेशमा प्रदेश प्रमुख हटाउने कुरा सुन्दैछु, तिनीहरुबाट सपथ खाएका मुख्यमन्त्री पनि त्यसो भए अवैध हुनुपर्‍यो नि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?