+
+

साउन ३ गतेदेखि भृकुटीमण्डपमा इक्यान शैक्षिक मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १७:५१


२४ असार, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा साउन ३ देखि ६ सम्म काठमाडौंको भृकुटीमण्डपमा १२ औं इक्यान शैक्षिक मेला हुने भएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था, कलेज र युनिभर्सिटीका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै विदेशी कुटनीतिक नियोगहरुको पनि मेलामा सहभागिता हुने जनाइएको छ ।

मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली, विभिन्न शैक्षिक कार्यक्रम तथा करियरका विषयमा पनि जानकारी दिइने आयोजकले जनाएको छ । स्वदेशी तथा विदेशी शैक्षिक संस्था र तिनले दिने छात्रवृत्ति सुविधाको बारेमा जानकारी दिइने इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।

चार दिनसम्म चल्ने मेलाको एकलाख भन्दा धेरै विद्यार्थी र अभिभावकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला विशेषगरी प्लस टु सकेर विदेश पढ्न जाने सोच बनाएका विद्यार्थीहरुको लागि उपयोगी हुने इक्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?