Comments Add Comment

भन्सार छलेर सामान भित्र्याउने ब्यापारी पक्राउ

२५ असार, बुटवल । भन्सार छली भारतबाट सामान आयात गर्ने एक ब्यापारी पक्राउ परेका छन् ।

बिल विजकमा उल्लेख गरे भन्दा फरक सामान र बढी परिमाणमा सामान आयात गरेको पाइएपछि जय मातादी ट्रेडर्स बुटवलका संचालक राजेन्द्र शर्मा पक्राउ परेका हुन् ।

सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मको मोबाइल टोलीले रुपन्देही देवदह नगरपालिका-११ शुक्रौली भन्ने स्थानमा लु१च ९५८९ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा विजक र भन्सार प्रज्ञापनपत्र भन्दा फरक सामान र परिमाण भेटिएको हो ।

पक्राउपछि शर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको राजश्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

विजकमा स्टोभ पार्ट्स तीन सय थान उल्लेख गरिएकोमा सो नभएर ग्याँस रेगुलेटर भएको र लेडिज ब्रा ९ हजार ५ सय थान हुनुपर्नेमा १९ हजार ३ सय ७४ थान रहेको पाइएको हो ।

सामानको भन्सार मूल्य प्रज्ञापन पत्र अनुसार ६ लाख ७६ हजार ५ सय ३१ रुपैयाँ रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment