+
+

कम्प्युटर अपरेटर पद खारेज नगर्न विद्यार्थीको माग

लालबाबुलार्इ बुझाए ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते २०:२२

२५ असार, काठमाडौं । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेपछि त्यसविरुद्ध विद्यार्थीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन पत्र बुझाएका छन् ।

कम्प्युटर अपरेटर पद खारेज गर्न नहुने माग राख्दै लोकसेवाअन्तर्गत कम्प्युटर अपरेटर पदको परीक्षा तयारी गरिरहेका विद्यार्थीले सोमबार पण्डितलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कम्प्युटर अपरेटर पद खारेजीको निर्णयले भविष्यको उत्कृष्ट प्राविधिक जनशक्तिलाई सरकारी क्षेत्रमा प्रवेश गर्ने बाटो रोकेको र कम्प्युटर अपरेटरको तयारी गरिरहेकाको अवमूल्यन भएको तर्क गरिएको छ ।

लोकसेवामा कम्प्युटर अपरेटर पद स्वतः खारेज गरी परीक्षा र परीक्षणबिनै करारमा पदपूर्ति गरिएका कर्मचारीबाट कार्यसम्पादनमा ह्रास आउने दाबी विद्यार्थीहरुको छ ।

‘यो निर्णय सरकार तथा कर्मचारी प्रशासनको हितमा नभएकाले हामी सालिन भई निर्णय खारेजीको माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।

हेर्नुस् विद्यार्थीले बुझाएको ज्ञापन पत्र

यो पनि पढ्नुस् 

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?