+
+

न्याम्सको सिनेट वैठकमा भ्रष्टाचार र कर्मचारी भर्तीको प्रसङ्ग उठाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते २०:४१

२५ असार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को सिनेट वैठकको पूर्व सन्ध्यामा न्याम्सभित्रको भ्रष्टाचार र ट्रमा सेन्टर प्रकरणको छानबिन हुनुपर्ने माग उठेको छ ।

मंगलबार सुरु हुने सिनेट वैठकमा कर्मचारीको हक, हितका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयन, ट्रमा सेन्टरलाई वीर अस्पताल मातहत ल्याउने र सिटी स्क्यान खरिदमा महालेखाले उठाउन औंल्याएको ९ करोड भ्रष्टाचारको विषय उठाउन दबाब दिइएको हो ।

सिनेट अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव समक्ष कर्मचारीले ध्यानाकर्षण पत्र बुझाउँदै उपकुलपति गणेश गुरुङ र खरिद प्रमुख भगवती थपलिया लगायतमाथि छानबिन हुनु पर्ने माग गरेका छन् ।

न्याम्सभित्रको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेका वेला सिनेट वैठक बस्दैछ ।

यसैबीच, ट्रमा सेन्टरलाई नर्सिङ होमभन्दा महँगो बनाइएको समाचार अनलाइनखबरमा आएपछि सतर्कता केन्द्रले ट्रमा सञ्चालन सम्बन्धी कार्यविधि, सेवा शुल्क र कर्मचारी भर्तीबारे जानकारी विवरण मागेको छ ।

सिनेट वैठकमा ट्रमाको अनियमितता र कर्मचारी भर्तिमा भएको मनपरीबारे छानबिन हुनु पर्ने माग यादव समक्ष गरिएको छ । कर्मचारीको बढुवा र ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा अदालतले गरेको आदेश सिनेट वैठकमा छलफल हुने भएको छ ।

सिनेट वैठकलाई न्याम्सभित्रको भ्रष्टाचार र अदालतको आदेश अवहेलनालाई मान्यता दिने फोरम नबनाउन कर्मचारी र चिकित्सकहरुले दबाब दिएका छन् ।

यो पनि पढ्नुस्

ट्रमा सेन्टरलाई नर्सिङ होम भन्दा महँगो बनाइएको गुनासो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?