+
+

कस्तो होला ‘पण्डित बाजेको लौरी’ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते १४:०७


निर्देशक दीपक ओली केही फरक कथामा चलचित्र बनाउन सिपालु छन् । उनले निर्देशन गरेका चलचित्रबाट गतिलो रिजल्ट त आइसकेको छैन, तर गाउँ घरकै कथामा उनी चलचित्र बनाउन खोज्छन् ।

उनै, ओलीले निर्देशन गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’ साउनको ४ गतेबाट रिलिज हुँदैछ । अधृत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काले मिलेर बनाएका हुन् ।

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदिप अधिकारीको मुख्य भूमिका छ । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा विदुर पाण्डेको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी छ । श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठ चलचित्रका संगीतकार हुन् ।

चलचित्रको ट्रेलर, गीत सार्वजनिक भएपछि पोष्टर पनि सार्वजनिक गरिएको छ । जसमा, पण्डित बाजे बनेका प्रविन खतिवडालाई मात्र देखाइएको छ । समाजमा बदिनी महिला र पण्डितविच हुने सम्बन्धको कथालाई यो चलचित्रले उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?