Comments Add Comment

तीन वर्षसम्म पनि बनेन दुई किलोमिटर सडक

२६, असार, चितवन । पूर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने रत्ननगर बजार क्षेत्रको २.३ किलोमिटर सडक बिस्तारको काम सुरु भएको यो असारले तीन वर्ष पुग्यो ।

काम करिब ८० प्रतिशत भन्दा बढी सकिएपछि सडकको डिजाइन नै गलत भएको पाइएको छ । डिजाइन गलत हुँदा सडक निर्माणको काम नसकिदै सडक भत्कने, पिच थुपि्रने गरेको थियो ।

१० टन मात्रैं क्षमताको गाडीको भार धान्न सक्ने गरी सडक पिच गरिएको थियो । तर, ठेकेदारले यो सडकमा मालवाहक हेभी साधन गुड्ने भएका कारण यो डिजाइन ६५ टनसम्मको हुनुपर्ने बताउँदै आएको थियो । ‘जति बजेट र जस्तो इष्ट्रिमेट भयो त्यही अनुसार काम गरियो, तर अहिले आएर समस्या आयो’ सडक निर्माणको ठेक्का लिएको श्रेष्ट कन्स्ट्रक्सनका रोशन श्रेष्ठले भने, ‘मुग्लिन नारायणगढमा भन्दा बढी भार भएका गाडी यहाँ गुड्छन् ।’

उनले नयाँ डिजाइन अनुसार भेरीएसन गराएर मात्रैं काम गर्न सकिने बताए । सडक डिभिजन कार्यालयले सडकको पुन डिजाइन गराएको छ। स्वतन्त्र कन्सल्ट्यान्ट डा. पदम शाहीले दुई महिनाअघि सडकको पुन डिजाइन गरेका छन् । त्यसका लागि सडक डिभिजन कार्यालय भरतपुरले प्रकृया अघि बढाएको डिभिजन प्रमुख धर्मेन्द्र झाले अनलाइनखबरलाई जानकारी दिए ।

१९ करोड ७० लाखमा. निर्माणको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले लिएको थियो । १६ महिना भित्र काम सम्पन्न गरिसक्ने गरी ०७२ असार २९ गते काम सुरु गरेको उसले सम्झौताअनुसार २०७३ असोज २९ मै सम्पन्न गर्नुपथ्र्यो । तर, अझै सकिएको छैन ।

सडक कहीँ होचो त कहीँ अग्लो बनेको छ । सडकको दक्षिणतर्फको मेनरोडको कालोपत्रे कहीँ होचो र कहीँ अग्लो छ । सडकको बीचमा निर्माण गरिएको डिभाइडरले दिनहुँ जस्तो दुर्घटना निम्त्याएको छ ।

यसअघि सडकको डिजाइन ललितपुरको नर्थस्टार कन्सलटेन्टले गरेको थियो । डिजाइन ‘फेल’ भएकैले पिच भत्किएको, पोका परेको डिभिजन प्रमुख धर्मेन्ऽ झाले बताए ।

मापदण्डअनुसार सो सडकको बेस ३० र ३५ सेमि हुनुपर्छ । पिचको मोटाइसमेत मुग्लिन-नारायणगढ सडकको जस्तै १६ सेमि हुनुपथ्र्यो । तर, पहिलाको डिजाइनमै ५ सेमि मोटाइको पिच गर्ने सम्झौता भएको पाइएको छ ।

डिजाइनमा सडकको चौडाइ ७/७ मिटर थियो। ठेकेदारले पुरानो पिच भत्काई त्यसैमाथि १५ सेमि बेस हालेर ५ सेमि पिच गरेको छ ।

पछिल्लोपटक २०७४ असोज २९ सम्म काम सक्नुपर्ने गरी म्याद थपिएको छ । श्रेष्ठ कन्स्ट्रक्सनले नारायणगढ-मुग्लिन सडकको जुगेडी खण्डमासमेत काम गरेको उसको ध्यान बढी यस तर्फ नै केन्द्रित बन्दा टाँडीको सडक ओझलमा पर्‍यो ।

विद्युत् प्राधिकरणले बिजुलीको पोल सार्न ढिलाइ गरेका कारण दक्षिणतर्फ सर्भिसरोड, गि्रनरी र फुटपाथ निर्माण गर्न समस्या भएको उनको भनाइ छ ।

डिभिजनले विद्युतका पोल सार्न १ करोड २० लाख बजेट रकम आएको जनाएको छ । त्यसमध्ये २० लाख रकम दिइसकिएको छ । विद्युत प्राधिकरण टाँडी शाखाले डेढ करोड रकम मागेको थियो ।

केन्द्रबिन्दु विवाद

टाँडीचोकमा सडकको केन्ऽबिन्दु फरक परेका कारण विवादसमेत उत्पन्न भएको छ । केन्द्रबिन्दु दक्षिणतर्फ केही सरेका कारण सो भेगमा पर्ने घरलाई सडकले छुने अवस्था आएको छ ।

स्थानीय सडकको केन्द्र बिन्दुनै गलत परेको दावी गर्दै आएका छन् । आफुहरुले घर नभत्काउने भन्दै स्थानीयहरुले सडकले नै बीचमा बनाएको डिभाइडर भत्काएर नयाँ बनाउनुपर्ने माग उनीहरुको छ ।

चारलेन सडकको सर्भिसरोड र गि्रनेरी निर्माण गर्दा टाँडीचोकमा पुरानो ढलको च्याम्बर पुरिएको छ । नयाँ संरचना बनाउँदा साविकको संरचना भत्काइएको भन्दै स्थानीय रामेश्वर भट्टराईले त्यसको मर्मत निर्माण कम्पनीले गर्नुपर्ने माग गरे ।

सडक निर्माण कार्य लथालिङ्ग अवस्थामा छ । डिभाइडर भत्किएको छ । मेनरोड र सर्भिसरोडका बीचमा गाडिएका साना पोलहरु ढलेका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर धमेन्द्र झाले पूर्वपश्चिम राजमार्गमा टाँडी जस्ता सयौं बजार रहेको भन्दैं यसको बिस्तार कार्य नै गलत भएको बताए । ‘तपाईं कतिवटा बजार बिस्तार गर्नुहुन्छ यो साध्य लाग्ने कुरो छैन,’ प्रमुख झाले अनलाइनखबरसँग भने, ‘अब समस्याको हल कसरी गर्ने समस्या छ ।’

सडक निर्माणमा लापर्बाही भएको गुनासो नगरवासीहरुबाट आएपछि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले डिभिजन कार्यालयका इन्जिनियरसँग सडकको अवस्थाका बारेमा जानकारी लिए ।

सडक निर्माणमा भएको कमजोरीलाई सच्याएर गुणस्तरीय सडक निर्माणमा ध्यान दिन डिभिजन सडक कार्यालय भरतपुरलाई अनुरोध गरेका छन् ।

मेयर वनले सडकको केन्ऽबिन्दुका विषयमा उत्पन्न विवाद तत्काल समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अरूणकुमार कर्णले खानेपानीको पाइप र बिजुलीको पोलका कारण सडक निर्माण समयमै सम्पन्न गर्न नसकिएको जनाए ।

उनले नापी कार्यालयसँग सहयोग लिएर केन्ऽबिन्दुका विषयमा देखिएको विवाद समाधान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment