Comments Add Comment

फरार दुई अभियुक्त पक्राउ

२६ असार, चितवन । प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार अभियुक्त फरार रहेका भरतपुर १२ का ‘कान कुहिए’ भनिने अनिल परियार र सार्वजनिक अपराधको मुद्दामा संलग्न भई फरार भरतपुर २ क्षेत्रपुर बस्ने शिवु थापा पक्राउ परेका प्रहरीले जनाएको छ ।

परियार र थापालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । परियारलाई जिल्ला अदालत तथा थापालाई जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । परियारमाथि २०७२ कात्तिकमा केन्द्रीय बस टर्मिनलमा नीति राई र जगत पुनमगरलाई कुटपिट गरी पाँच लाख आठ हजार बराबरको धनमाल चोरी गरेको अभियोग लागेको छ ।

यसअघि घटनामा संलग्न दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ भने, फरार अझैं एक जनाको खोजी भैरहेको छ । परियार तत्कालिन तरुण दलका अध्यक्ष शिव पौडेलका सहयोगी पनि हुन् ।

सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेका शिवु थापा गुण्डागर्दी गर्ने, व्यवसायीलाई धम्काउने र लुट्ने काममा संलग्न भएको अभियोग लागेको छ । उनको टिमका राजकुमार लामालाई यसअघि पक्राउ गरि धरौटीमा छाडिएको छ भने, अन्य दुई जना अझैं फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment