+
+

समुन्द्रसँग कति सुहायो एलिजाको जोडी ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २७ गते १२:०७


असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अनुराग’को पोष्टर सार्वजनिक गरिएको छ । पछिल्लो केही समययता चलचित्रको पोष्टर गीतसंगीत र ट्रेलरपछि रिलिज गर्ने क्रम बढेको छ ।

असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको पोष्टरमा एलिजा र समुन्द्रको रोमान्सलाई प्राथामिकता दिइएको छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रको ‘कान्छा दाई गाना बजाइदेउन’ बोलको गीत चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?