Comments Add Comment

४ जना चढेको मोटरसाइकल कारसँग ठोक्किदा २ जनाको मृत्यु,२ घाइते

 

२७ असार रुपन्देही । रुपन्देहीको लुम्बिनीमा कार र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ, २ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । गैडहवा गाउँपालिका ३ मा ना ४२ प ८४१२ नम्बरको मोटरसाइकल र बा १९ च ४२१ नम्बरको कार ठोक्किदा गैडहवा २ बस्ने २६ वर्षका कायर पासी, सोही ठाउँका २७ बर्षका घिसन पासीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमुद ढुंगेलका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा गैडहवा २ बस्ने २६ वर्षका छन्नु पासी र ३६ वर्षका मोहितलाल पासी रहेका छन् ।

एउटै मोटरसाइकलमा हेल्मेट नलगाई सवार रहेका ४ जनामध्ये २ जनाको मृत्यु भएको हो । घाइतेहरुका भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । ४ जना एउटै मोटरसाइकलमा चढेर तिव्र गतिमा आई कारमा ठेक्किएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

ठक्कर भएको कार र कार चालक गोपाल उपाध्याय प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment