Comments Add Comment

प्रधानमन्त्रीलाई डा. केसी समर्थकले दिए मार्सी चामल उपहार

२८ असार, काठमाडौं । डा. गोविन्द केसीका समर्थकले बिहीबार प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटार बाहिर प्रदर्शन मार्सी चामलसहित प्रदर्शन गरेका उनीहरुले बालुवाटारभित्र प्रधानमन्त्रीकालागि एक किलो चामल दिएका थिए ।

तर प्रधानमन्त्रीका प्रतिनिधिले चामल लिन नमानेको डा. केसीका समर्थक प्रितम सुवेदीले बताए । ‘यस्तो हामीले लिने गरेको छैनौं भनेर फर्काइदिनुभयो’ उनले भने ।

सोलिडारिटी फर डा. केसी एलायन्सले गरेको प्रदर्शनमा डा. केसीका समर्थकले जुम्लामा फलेको मार्सी चामलको खाने तर जुम्लामा एमबीबीएस पढ्न कहिले पाउने भनी प्रश्न पनि गरेका छन् ।

प्रधानमन्त्रीले व्यापारीकोमा मार्सी चामलको भात खाएकाले व्यापारीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन लागेको भन्दै जनताले दिएको मार्सी चामलको भात खाएर जनतामुखी ऐन ल्याउन आग्रह गरिएको सुवेदीले बताए । ‘सायद व्यापारीहरुले दिएकैले पुगेकाले होला उहाँले जनताले दिएको (मार्सी चामल) लिन मान्नुभएन’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment