Comments Add Comment

प्रधानमन्त्री ओलीले लिए पूर्वराज्यमन्त्री आलमको स्वास्थ्य अवस्थाको जानकारी

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्वराज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिएका हन् । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरे । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment