Comments Add Comment

पहिरो हटाएपछि हेटौंडा-काठमाडौं सडक सञ्चालनमा

२९ असार, हेटौंडा । वर्षाका कारण अवरुद्ध हेटौंडा – काठमाडौं छोटो दूरीको मार्ग सञ्चालन भएको छ । लगातारको वर्षाका कारण अवरुद्ध हेटौंडा फाखेल खण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । सडक सञ्चालन भएपछि यात्रुहरु गन्तव्य तर्फ लागेका छन्  ।

एक्साभेटर आउन ढिलाइ हुँदा सडक खुलाउन समय लागेको फाखेल प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक देवकीलाल चौधरीले जानकारी दिए । एक्साभेटर आएको बेला पारेर हेटौंडा – कुलेखानी – फाखेल खण्डको कुलेखानी- फाखेलको बीचमा पर्ने सडकमा खसेका साना पहिरो र सडक छेउमा थुप्रिएका माटो ढुङ्गा पन्छाइएको उनले बताए ।

हेटौंडा- फाखेल खण्डको महालक्ष्मी खोला र सुकौरा ड्याममा खसेको पहिरोका कारण बिहानबाटै सडक अवरुद्ध थियो ।  सडक डिभिजन कार्यालय काठमाडौंले ठेक्का लगाएर काम गरिरहेको हेटौंडा- कुलेखानी- सिस्नेरी- दक्षिणकाली खण्ड पनि सञ्चालनको अवस्थामा नरहदा थप समस्या भएको थियो ।

यो दुई छोटो मार्ग हुँदै दैनिक एक हजार भन्दा बढी सवारी सञ्चालन हुने गर्छन् । दीर्घकालीन ढंगबाट काम गर्न नसक्दा बर्षासँगै प्रत्येक दिन पहिरोको जोखिम रहेको इन्द्रसरोवर गाउँपालिका ८ का अध्यक्ष धनवीर स्याङ्तानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment