Comments Add Comment

साताको सेयर बजारः दुई अर्ब ११ करोडको कारोबार


२९ असार, काठमाडौं । चालु आर्थिक वर्षकै अन्तिम साता सेयर बजारमा दुई अर्बबढीको कारोबार भएको छ । साताभरमा भएको २४ हजार ३ सय ७० वटा कारोबारमा दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँको कारोबार भएको हो ।

सातामा ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो । गत साता १८४ कम्पनीहरुको कारोबार भएको थियो ।

जस अनुसार २०२८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ९१ कम्पनीहरुको कारोबार भएको छ ।

साताको अन्तिमदिन बिहीबार मात्रै ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ पुगेको छ । १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

३२.४१ अंकले घट्यो परिसूचक

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन ११९१.९८ अंकमा पुगेको छ ।

बिहीबार कारोबारको अधिकांश सयम अधिकांश समूहहरु राताम्मे देखिदा साताको अन्तिमदिन बिहीबार सेयर बजार १३ दशमलव ६६ अंकले ओरालो लागेको हो ।

१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुरगेर कारोबार बन्द भएको छ ।

कारोबार खुला भएको केही समय हरियाली देखिएको बजार धेरैबेर टिक्न सकेन । जसका कारण सातामा ३२.४१ अंकले घटेर अन्तिम दिन ११९१.९८ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर २५१.०५ अंकमा आईपुगेको छ ।

कारोबारका हिसाबले एभरेष्ट उत्कृष्ट

सातामा भएको कारोबारका हिसाबले एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा देखियो । साताभरमा १५ करोड २५ लाख रुपैयाँको कारोबार गर्दै एभरेष्ट एक् नम्बरमा पर्न सफल भएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्या तीन लाख ९० हजार कित्ताको आधारमा भने कुमारी बैंक लिमिटेड -संस्थापक) अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १ हजार ४ सय ४९ वटाको आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्प्ानी लिमिटेड अग्रस्थानमा रहेको देखिएको छ ।

कारोबार रकमका हिसाबले दोस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक देखिएको छ । प्राइमको संस्थापक सेयर साताभरमा १० करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी नेपाल दुरसंचार कम्पनी लिमिटेड ७ करोड ४४ लाख रुपैयाँको कारोबार गर्दै तेस्रो स्थानमा देखिएको छ । चौथौ र पाँचौ स्थानमा क्रमशः लक्ष्मी बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड देखिएका छन् ।

यस साता लक्ष्मी बैंकको ७ करोड ३७ लाख रुपैयाँ र छिमेकको ६ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment