Comments Add Comment

अस्पताल पुर्‍याउन नसक्दा कालीकोटमा ६ गर्भवती महिलाको मृत्यु

३१ असार, कालीकोट । जिल्लामा एक वर्षमा बच्चा जन्माउन नसकेर सुत्केरी ब्यथाले ६ जना महिलाको मृत्यु भएको छ ।

भौगोलिक विकटताका कारण समयमै सुत्केरी बेथा लागेका महिलाहरुलाई अस्पतालसम्म पुर्‍याउन नसक्दा उनीहरुको जीवन असुरक्षित बनेको हो ।

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्ने जस्ता सूचक पूरा गरेर शून्य होमडेलिभरी घोषणाको अभियान स्वास्थ्यकर्मीले सुरु गरेपनि कालीकोटमा भने आमाको मृत्युदर बढ्ने क्रम रोकिएको छैन ।

शून्य होमडेलिभरी घोषणा गरेर विभिन्न ९ वटा सूचक पूरा गरी आमा बच्चाको जीवन सुरक्षको योजना बोकेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आमा र बच्चाको मृत्युदरले चुनौती थपेको छ ।

स्वास्थ्यकर्मीहरु शून्य होमडेलभरी शून्य मातृमृत्युदर जस्ता अभियान चलाइरहहेका छन । तर, कालीकोटको तिला गुफा नगरपालिका-११ की ३० वर्षीया राइकोष थापाका बच्चा जन्माएको दुइघण्टापछि अत्याधिक  रक्तश्राबका कारण मृत्यु भयो ।

स्वास्थ्यकर्मीले उनलाई स्वास्थ्यसंस्था जान आग्रह गर्दा पनि घरमै बच्चा जन्माउछु भनेको नेर जिद्धि रेको तिलागुफा नगरपालिकाका स्व्ास्थ्य संयोजक दुर्गप्रसाद आचार्यले बताए ।

कालीकोटको तिला गुफानगरपालिका पनि शून्य होम डेलिभरी आमा बच्चा सुरक्षा कार्यक्रम जस्ता अभियान संन्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment