Comments Add Comment

नेकपामा कुर्सीका लागि ‘म्युजिकल चेयर’ सुरु

३१ असार, काठमाडौं । पार्टी एकता भएको महिनौंसम्म पनि कुनै जिम्मेवारी नपाएर बेरोजगारजस्तै बनिरहेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पदीय जिम्मेवारीका लागि दौडधुप सुरु गरेका छन् ।

पार्टीको नियमावली पास भएसागै प्रदेश र जिल्ला संरचना गठन गर्ने र केन्द्रीय विभागहरुलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । पार्टीभित्र नेता धेरै छन्, तर सबैलाई पदीय जिम्मेवारी दिनका लागि भागवण्डा मिलाउन सजिलो छैन ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ भने ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनाएको छ ।

केही पदाधिकारीबाहेक स्थायी र केन्द्रीय कमिटीमा रहेका अधिकांश नेताहरु जिम्मेवारीविहीन छन् ।

अहिले प्रदेश, जिल्ला र केन्द्रीय विभागहरुको जिम्मेवारी लिन नेताहरुको दौडधुप चलिरहेको छ । ‘अहिले पार्टीमा म्युजिकल चेयर चलिरहेको छ । म पनि त्यसमै व्यस्त छु’ एक नेताले भने ।

म्युजिकल चेयरमा खेलाडी भन्दा कुर्सीहरु कम गर्दै गइन्छ र अन्तिमसम्म कुर्सीर्मा रहने विजेता हुन्छ ।

अहिले नेकपा नेताहरु यस्तै म्युजिकल चेयर खेलिरहेका छन्, कति आउट हुन्छ थाहा छैन ।

नेेताहरुका अनुसार प्रदेश इन्चार्जहरु स्थायी कमिटीबाटै तोकिने सम्भावना छ भने पोलिटब्यूरो गठन गर्दा त्यहाा पर्ने सम्भावितहरुलाई सह-इन्चार्ज बनाउने तयारी छ ।

केन्द्रीय सदस्यहरु भने प्रदेश अध्यक्ष, सचिव, जिल्ला अध्यक्ष तथा विभिन्न विभागको प्रमुख पदका लागि लबिङमा छन् । नेकपामा संगठन, अनुशासन, आर्थिक, प्रचार र स्कुल विभागको नेतृत्वका लागि दौडधुप गर्नेहरु धेरै छन् । यस्तै जनवर्गीय संगठनहरुमा युवा, विद्यार्थी र मजदुरको नेतृत्व पनि आकर्षक मानिन्छ ।

नेकपाको नियमावलीले विभिन्न ३२ वटा विभागहरु बनाउने प्रावधान अगाडि सारेको छ । ३२ वटै विभागमा धेरैजना सदस्यहरु रहने भएकाले जिम्मेवारीविहीन बनेका नेताहरु विभागमा समेटिने छन् ।

केन्द्रीय विभागमा पदाधिकारीसहित ३५ जना सदस्यहरु रहने छन् भने प्रदेश विभागमा १५ जना र स्थानीय विभागमा ११ सदस्य रहने छन् ।

यो हिसाबले ३२ वटा केन्द्रीय विभागमा ११२ जना नेताहरु समेटिन सक्छन् । प्रदेशमा पनि ठूलो संख्यामा नेताहरुले विभागको जिम्मेवारी पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment