Comments Add Comment

साम्राज्ञीको ट्याटु काण्डमा आर्यनको यस्तो प्रतिक्रिया


चलचित्र ‘कायरा’को छायांकनका क्रममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटुको तस्बिर सार्वजनिक भयो । यो तस्बिरले निकै चर्चा पनि पाएको थियो । तर, चलचित्रको छायांकनका क्रममा ट्याटुको तस्बिर लिक भएपनि नायक आर्यन सिग्देलले भने यस बिषयमा केही पनि बोलेका थिएनन् ।

तर, अनलाइनखबरसँगको कुराकानीका क्रममा आर्यनले पहिलो पटक यस बिषयमा मुख खोलेका छन् । आर्यनले भने–‘मैले यो बिषयलाई सामान्य रुपमा लिएको थिएँ । एउटा सेलिब्रिटी भैसकेपछि यस्तो खबर आइरहने भन्दै मैले साम्राज्ञीलाई सामान्य रुपमा नै लिन भनेको थिएँ ।’

साम्राज्ञीले पनि यो कुरालाई सामान्य रुपमा नै लिएको र काम गरेको आर्यनको तर्क छ । आर्यनले साम्राज्ञीको ट्याटुको तस्बिर सार्वजनिक हुँदा आफूहरु फिलिपिन्सको एउटा घरमा चलचित्र खिचिरहेको बताए । आर्यनले आफ्नो करिअरमा पनि यस्ता थुप्रै गसिपहरु सार्वजनिक भएको भन्दै यसलाई सामान्य रुपमा लिन साम्राज्ञीलाई संझाएका थिए । आज समाचार आउँछ, भोली त्यो नयाँ समाचारले छोपिन्छ भन्दै आर्यनले साम्राज्ञीलाई संझाएका थिए । आर्यनले संझाएपछि साम्राज्ञीले पनि सामान्य रुपमा नै काम गरेकी थिइन् ।

साउन १८ गतेबाट रिलिज हुने यो चलचित्र हेरेपछि आफूहरुको जोडीलाई दर्शकले कालान्तरसम्म संझिने आर्यन र साम्राज्ञीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment