Comments Add Comment

बालबालिकालाई ‘प्यारेन्टिङ’ गर्ने विषयमा केन्द्रीत न्यौपानेको पुस्तक साउनदेखि बजारमा

३२ असार, काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाचौ पुस्तक स्कुल बेच्ने बालक साउन पहिलो सातादेखि बजारमा आउने भएको छ ।

लेखक न्यौपानेका अनुसार यो पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर पुस्तक तयारी पारिएको उनको भनाइ छ ।

‘बालबालिका अपार सम्भावनाको खानी हुन् । ती सम्भावनालाई प्रस्फुटित गराउने चूनौती हरेक अभिभावक, शिक्षकको हो’, बुक्सका पुष्पराज पौडेलले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘शिक्षा क्षेत्रमा केही वर्षयता देखिएको जागिर केन्द्रित शिक्षा पद्धतीले बालापन नै गुम्ने खतरा देखिएको छ । यही सन्दर्भमा लेखक न्यौपानेले लेखेको यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सुक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक विषयलाई विस्तृत रुपमा छलफलमा ल्याइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment