Comments Add Comment

कांग्रेसले गर्‍यो संसद अवरोध, मन्त्रीले बोल्न पनि पाएनन्

३२ असार, काठमाडौं । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक अवरुद्ध गरेको छ ।

विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए ।

तर, कांग्रेस सांसदहरुले अस्वीकार गरेका छन् र बैठक साउन ३ गतेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment