Comments Add Comment

युभेन्टसका लागि ‘लक्की स्टार’ बन्ने रोनाल्डोको आश


१ साउन, काठमाडौं । आफ्नो उमेरका धेरै खेलाडीहरु कतार र चीन भइरहेका बेला युभेन्टसले अवसर लिएको भन्दै क्रिष्टियानो रोनाल्डोले खुसी व्यक्त गरेका छन् ।

३३ वर्षका रोनाल्डो ९९.२ मिलियन पाउण्डमा रियल मड्रिडबाट युभेन्टस गएका हुन् ।

टुरानमा प्रिजेन्टेशनपछि रोनाल्डोले करियरको यो समयमा युभेन्टस आउन पाउँदा खुसी लागेको बताए । साथै उनले च्याम्पियन्स लिग जित्ने इटालियन च्याम्पियनको प्रयासमा आफू ‘लक्की स्टार’ बन्ने आशा समेत व्यक्त गरे ।

रियल मड्रिडबाट ९ वर्ष खेलेका उनले ४५० गोल गरेका छन् र चार पटक च्याम्पियन्स लिग जिताए । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डाले २०१६ मा पोर्चुगललाई युरो कपको उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘म जित्न चाहन्छु । म उत्कृष्ट हुन चाहन्छु’ रोनाल्डोले भने, ‘कसलाई के थाहा, फेरि मलाई नै बोलान डि’ओर दिइन्छ कि । तर, सबै कुरा स्वभाविक रुपमा हुन्छ ।’

धेरै खेलाडीले आफ्नो उमेरमा करियर सकियो भन्ने सोच्ने गरेको भएपनि आफू फरक भएको उनले बताए । ‘देखाउन चाहन्छु कि म फरक छु । क्लबमा मेरा लागि निकै भावनात्मक छ किनकि म २३ वर्षको होइन, ३३ वर्षको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment