Comments Add Comment

आलियाबिना फिल्म नखेल्ने रणवीरको अडान !

नयाँ-नयाँ प्रेममा छन् बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । त्यसैले उनीहरु बढिभन्दा बढि समय एक-अर्कासँग गुजार्न चाहन्छन् । यसका लागि सँगै फिल्म खेल्नेभन्दा राम्रो अर्को उपाय के हुन सक्थ्यो ?

अहिले आलियाको हात खाली छैन । उनको प्रमुख भूमिका रहेको फिल्म ‘राजी’ सुपरहिट भएपछि निर्माता-निर्देशकहरु नारीप्रधान फिल्मका स्त्रिmप्ट लिएर उनीकहाँ धाइरहेका छन् । तर, आलिया ती फिल्म साइन गरिरहेकी छैनन् । उनको पहिलो शर्त हुन्छ, फिल्ममा हिरो रणवीर कपुर हुनुपर्ने ।

रणवीरको पनि त्यही हाल छ । यसअघि उनी आफूले खेलेका फिल्ममा अरु कलाकार को छन् भन्ने कहिल्यै चासो दिन्थेनन् । तर, आजकाल सबैभन्दा पहिले हिरोइन को राख्ने भनेर सोध्छन् ।

हालै निर्देशक लभ रञ्जनले आफ्नो नयाँ फिल्मका लागि रणवीरलाई साइन गराए । यस फिल्ममा रणवीर अजय देवगणको छोरा बनेर खेल्दैछन् । अब कुरा अडि्किएको छ उनकी नायिका को बन्ने भन्नेमा ।

निर्देशक लभ रञ्जन यसअघि आफूले निर्देशन गरेका तीन फिल्मकी हिरोइन नुसरत भरुचालाई नै दोहोर्‍याउन चाहन्छन् । तर, रणवीर यसमा सहमत छैनन् । आफ्नी प्रेमिका आलियालाई नै आफ्नो जोडी बनाउनुपर्ने उनको अडान छ । त्यसैले फिल्मको काम अघि बढिरहेको छैन ।

सञ्जुको सफलतापछि रणवीरको स्टारडम ह्वात्तै बढेको छ । निर्माता-निर्देशकहरु उनका हरेक डिमान्ड पुरा गर्न तयार देखिएका छन् । अब हेर्नुछ, लभ रञ्जन पनि रणवीरसँग झुक्छन् कि उनको विकल्प खोज्न लाग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment