Comments Add Comment

मलेठ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्यः राजपा

फाइल फोटो

२ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले मलेठ घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएको छ ।

सप्तरीका मलेठमा २३ फागुन २०७३ मा भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको थियो । मानवअधिकार आयोगको प्रतिवेदनमा कार्यक्रम स्थलमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलिरहँदा मधेसी मोर्चाका कायकर्ता प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले गोली चलाएको भनिएको छ ।

राजपाले भने आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको बताएको छ । संयोजक महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विरोधाभासपूर्ण प्रतिवेदन सार्वजनिक गरी आम जनताको मानवअधिकारप्रतिको आशा र विश्वासमा आघात पार्ने काम आयोगको प्रतिवेदनले गरेको हाम्रो ठहर छ ।’

सुरक्षाकर्मी तथा प्रशासन संयन्त्रलाई जवाफदेही बनाउनेबारे आयोगको प्रतिवेदन प्रष्ट नभएको, पीडितलाई समुचित न्याय दिन नसकेको तथा पीडिकहरुलाई कारबाहीको सिफारिस नभएको भन्दै ठाकुरले प्रतिवेदन अस्वीकार्य भएको बताएका छन् । उनले प्रतिवेदन परिमार्जन गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment