Comments Add Comment

अनसनरत डा. केसीलाई भेट्न नागरिक अगुवा र नेताहरु पुगे

६ साउन, काठमाडौ । २३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न आइतबार नागरिक अगुवा र केही राजनीतिक दलका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

नागरिक अगुवा कृष्ण पहाडी, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, माओवादी नेता गोपाल किरातीले आइतबार केसीलाई भेटेर उनको मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. केसीलाई सरकारले काठमाडौं ल्याएपछि उनी त्रिवि शिक्षण अस्पतालमै अनसनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment