+
+

रिलायन्स सुगर मिलको आगो २ घण्टापछि नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १५:५०
फाइल तस्वीर

७ साउन, वीरगञ्ज । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा लागेको आगो नियन्त्रणमा आएको छ ।

सोमबार बिहान पौने १२ बजेतिर उद्योगमा राखिएको उखुको भुसमा अचानक आगलागी भएको हो । साढे २ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आगो वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जको समेत गरी ७ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

आगो नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?