Comments Add Comment

विराटनगरको भारतीय फिल्ड अफिस अर्को हप्ता बन्द हुने

८ साउन, काठमाडौं । विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।

फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ ।

फिल्ड अफिसले नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिनुका साथै जन्म/मृत्यु/रजिस्टेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्दै आएको थियो । अब यो काम काठमाडौंस्थित दूतवासबाटै हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८-२९ को नेपाल भ्रमण लगतै भारतले विराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको थियो ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि भारतीय भूमि प्रयोग गर्नुपर्ने नेपाली गाडीहरुका लागि अनुमति दिन यो कार्यालय खुलेको थियो ।

तर, काम सकिएसकेपछि पनि फिल्ड अफिस बन्द भएन । तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश परराष्ट्रमन्त्री भएको बेला पत्र नै लेखेर यो कार्यालय बन्द गर्न निर्देशन दिँदा पनि अटेर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment