+
+

सारा र विनोदलाई सलोनको ‘हुुकुम’

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ९ गते १९:२६


कमेडी कथामा निर्माण भएको चलचित्र ‘सुश्री सम्पत्ती’को ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको क्यूज हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
चलचित्रको प्रदर्शन मिति भदौ २२ गतेबाट हेरफेर हुने भएको छ । नयाँ प्रदर्शन मिति केही दिनमा नै तय गरिने बताइएको छ ।

सार्वजनिक गीतमा मेलिना राई र विशाल राइको स्वर, सुरेश अधिकारीको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ ।
सुव्रतराज आचार्यले निर्देशन गरेको यो चलचित्रमा रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा, रमन शिल्पाकारको लगानी छ । यो गीतमा गम्भिर बिष्टको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन छ भने भरत रेग्मीले भिडियोको सम्पादन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नायक सलोन बस्नेतले चलचित्र पूर्ण रुपमा कमेडी कथामा बनेको भन्दै सफल हुनेमा विश्वास व्यक्त गरे । निर्देशक आचार्यले पनि आफूले रमाइलो कथामा चलचित्र बनाएको बताए । निर्माता रमेश त्वयनाले आफूले आधा दर्जन बढी चलचित्र बनाएपनि यो चलचित्र विशेष भएको बताए । कार्यक्रममा नायिका सारा सिर्पाली भने उपस्थित हुन सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?