Comments Add Comment

रुपन्देहीबाट पनि अवैध कल वाइपास, पहिलो पटक एक जना पक्राउ

११ साउन, बुटवल । रुपन्देहीमा पहिलोपटक अवैध कल वाइपासको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कल वाइपास गरी रातारात धनीबन्ने सपना बोकेका तिलोत्तमा नगरपालिका ८ झुलेनीपुरका २८ वर्षका रामप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरबाट अवैध कल वाइपास गरिरहेको अवस्थामा न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका न्यौपानेलाई इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

न्यौपानेको घरबाट कल वाईपासमा प्रयोग गरिने सामानहरु ६४ पोर्टको भिओआइपी गेटवे एक थान, त्यसको चार्जर एक थान, टिपीलिङ्क राउटर एक थान, लेनोभो कम्पनीको ल्यापटप एक थान, त्यसको चार्जर, नोकिया कम्पनीको १ सय ३० मोडलको मोवाई बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले स्यामसुङ कम्पनीको ड्युज मोवाइल एक थान, एनटिसी सिमकार्ड १७ थान, एनसेल सिमकार्ड १७ थान, स्मार्ट सेलको सिमकार्ड १९ थान, फरक कम्पनीका २ थान मोडिएम पनि बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक मल्लले न्यौपानेले पाकिस्तान र टर्कीमा कनेक्सन गरेर कल वाइपास गरिरहेको भेटिएका बताए । अवैध कल वाइपासको अभियोगमा पक्राउ परेको न्यौपानेलाई प्रहरीले दूरसञ्चार ऐन अन्तर्गत कारवाही अगाडि बढाइएको र अभियोग पुष्टी भएमा विगो बमोजिम जरिवाना र ५ वर्ष कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment