+
+

दयाशंकर पालिखे स्मृति सम्मान पत्रकार धर्मेन्द्र झालाई

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १६:४२

१४ साउन, पोखरा । प्रजातन्त्रका सेनानी दिबंगत दयाशंकर पालिखेको स्मृति सम्मान २०७५ बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका छन् ।

पालिखेका परिवारवाट स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखावाट संचालित दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०७५ झालाई अर्पण गरिएको हो ।

आइतबार पोखरामा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले झालाई नगद ३३ हजार ३३३, दोषल्ला र ताम्र प्रदान गरेर सम्मान गरे ।

यसअघि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झालाई उक्त सम्मान प्रदान गर्नको लागि प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई महासंघ कास्की शाखाको बैठकले अनुमोदन गरेको थियो ।

हालको लहान नगरपालिका १४ सिरहामा जन्मेका झा २०४४ मा जनकपुरबाट प्रकाशित जनआकांक्षा साप्ताहिकवाट पत्रकारितामा प्रवेश गरेका हुन् ।

बि.स. २०६५ देखि ६८ सम्म झाले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?