+
+

प्रदेश १ मा वित्त व्यवस्थापन विधेयकमाथि छलफल

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १६:५४


१३ साउन, विराटनगर । प्रदेशसभा १ को बैठकमा प्रदेश वित्त व्यवस्थापन विधेयकमाथि दफाबार छलफल सुरु भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले आइतबार पेश गरेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा भाग लिदै सांसदहरुले आम्दानीको मुख्य स्रोत कर भएकाले प्रदेशको समृद्धिमा यसको ठूलो भूमिका रहने बताएका थिए ।

कर संकलनसंगै जनतालाई गुणस्तरीय सेवा दिनुपर्ने, करको दर भन्दा दायरा फराकिलो बनाउनुपर्ने, कर तिर्नु गर्वको विषय बनाउनुपर्ने उनीहरुको भनाइ छ । बढी कर उठाउँदा जनता मारमा पर्न सक्ने अवस्थालाई ध्यान दिनुपर्ने पनि उनीहरुको भनाइ थियो । छलफलमा सांसदहरु लोकप्रसाद संग्रौला, राजकुमार ओझा र मोहनकुमार खड्काले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री आङम्बोले करको दायरा बढाएर कर तिरेको गर्व हुनेगरी काम गर्ने बताए ।
उनले राजस्व वाँडफाटको विषयमा ६० प्रतिशत प्रदेश सञ्चित कोषमा र ४० प्रतिशत स्थानीय विभागीय कोषमा राख्ने व्यवस्था गरिएको जानकारी दिए ।

विधेयकमाथि संशोधन दर्ता गर्न सांसदहरुलाई ७२ घण्टाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?