Comments Add Comment

केकीदेखि रीमासम्मले गरे श्रृष्टी र ‘रोमियो एन्ड मुना’को प्रशंसा


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रोमियो एन्ड मुना’को विशेष शो आइतबार जय नेपाल हलमा आयोजना गरिएको छ । शोमा सहभागी नायक तथा नायिकाले नायिका केकी अधिकारीले चलचित्रको प्रशंसा गरिन् । उनले, यस्तो चलचित्र विरलै बन्ने बताइन् । उनले भनिन्-‘चलचित्र हेरिरहँदा मेरा आँखा रसाए । सबैलाई एकपटक चलचित्र हेर्न अनुरोध गर्दछु ।’

यस्तै, चलचित्र हेर्न पुगेकी अर्की नायिका रीमा विश्वकर्माले सुन्दर र सरल लभ स्टोरी कथामा चलचित्र बनेको बताइन् । उनले, नायिका श्रृष्टी श्रेष्ठको कामको खुलेरै प्रशंसा पनि गरिन् । चलचित्र हेर्न पुगेका निर्देशक हेमराज वीसी, नायकद्धय गौरव पहारी र नाजिर हुसेनले पनि चलचित्रको प्रशंसा गरे ।

यस्तै, चलचित्र हेर्नका लागि निर्देशक दीपाश्री निरौला, निर्देशक सविर श्रेष्ठ, कलाकार लक्ष्मी गिरी, नायिका संचिता लुइटेल, मिरुना मगर, नायक आर्यन अधिकारी हल पुगेका थिए । लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई नरेश कुमार जोशीले निर्देशन गरेका हुन् भने प्रशन्न गोपाली यसका निर्माता हुन् ।

चलचित्रले व्यापार भने कमजोर गरेको छ । शुक्रबार र शनिबार नै सामान्य व्यापार गरेको यो चलचित्रको व्यापार आइतबारबाट झनै खस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment